२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

कोरोना महामारी र खोपको विश्व राजनीति

कोरोना महामारी र खोपको विश्व राजनीति
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण गरिसकेको छ । यो आलेख तयार पार्दासम्म यसको असरबाट विश्वका कुनाकाप्चाका ३२ लाखभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै अहिलेसम्म यसबाट विश्वका १५ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । 

वर्षदिनपछि यो जीवाणुले नयाँ नयाँ स्वरुप लिएको छ र दोस्रो या तेस्रो लहरका रुपमा कतिपय देशमा प्रवेश गरिरहेको छ । जस्तो कि केही समयअघि मात्र कोरोनाको नयाँ प्रजाति ९युके भेरिएन्ट० जन्मिएको प्रमाणित भएको छ । यो अघिल्लो वर्षकोभन्दा झन् बढी सङ्क्रामक र घातक देखिएको वैज्ञानिकहरुले बताएका छन् । 

यसको प्रवेश दोस्रो लहरका रुपमा भारतमा भएको छ जसले अहिले भारतसहित एसियाका कतिपय देशमा निकै गाह्रो बनाएको छ । पछिल्लो समयमा यो सङ्क्रमण दोस्रो लहरका रुपमा सम्भवतः भारत हुँदै नेपाल पनि छिरेको छ । दोस्रो लहरका रुपमा आएको यो भाइरस अहिले नेपालमा पनि देशव्यापी रुपमा विस्तार भइरहेको देखिएको छ । 

कोभिड–१९ को खोपको आविश्वकार भएको केही महिनामै यसको वितरण बारेको चासो पनि विश्वव्यापी भएको छ । खोपको उपलब्धताप्रति विश्वका देशहरुका प्रयासहरु पनि बढ्दो छ । अनि नागरिकले एकापसमा सोध्ने गर्छन्– खोप लगाइयो रु मेरो पालो कहिले आउँछ रु कतिपय देशहरुले त आफ्ना सबै नागरिकलाई खोप लगाइसक्ने मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीलाई यसको पहुँचमा नै अझै आशङ्का छ । 

कोरोना जीवाणुको विश्वको अर्थराजनीतिसँगै यतिखेर खोपको राजनीति पनि भित्रिएको छ । जसरी चीनबाट कोभिड १९ को जीवाणुले युरोप हुँदै अमेरिका भ्रमण गर्दै थियो त्यतिबेला अमेरिकी नेतृत्वका कतिपय पश्चिमा देशहरुले महामारीको राजनीतिक भाषाको पनि प्रयोग गरेका थिए । यसकारण अमेरिका पुगेको यो जीवाणुको नियन्त्रणका लागि केही ढिला भइसकेको थियो र यसले अमेरिकी भूमिमा पनि आफ्नो रौद्र रुप सजिलै देखायो । 

त्यस्तै भएको छ यतिखेर पनि । जसका कारण कोरोनाको खोपमा पनि राजनीति घुसेको छ । कतिपय विश्वका शक्ति र पहुँचवाला देशहरुले आफ्ना नागरिकलाई आवश्यक पर्नेजति खोपको जोहो गरिसकेका छन् र तिनको भण्डारण नै गरिएको सुनिएको छ । तर बाँकी विश्वले भने तिनै देशहरु र विश्व स्वास्थ्य संगठनको कोभ्याक्सको मुख हेरेरै बसिरहेको छ । यी देशले खोपको प्राप्ति र यसको उपलब्धताका बारेमा केही गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु खोप अनुदानको पर्खाइमा छन् ।      

यही मे ५ तारिखसम्म विश्वमा खोपको वितरण र यसको उपलब्धता १ अर्ब २३ करोड मात्रा भन्दा केही बढी मात्र देखिएको छ । यो सङ्ख्यामा मात्र विश्वका देशहरुमा खोप वितरण भएको बीबीसी समाचारले जनाएको छ । यो विश्वका देशहरुमा वितरण मात्र भएको तथ्याङ्क हो, तर मानिसले लगाएको तथ्याङ्क होइन । खोप लगाउने काम विश्वका प्रायः  अधिकांश देशमा शुरु भइसकेको छ तर खोप लिने व्यक्तिको सङ्ख्या भने यतिधेरै छैन । 

बीबीसीका अनुसार विश्वका विभिन्न देशमा वितरण गरिएको खोपको मात्रा अनुसार सबैभन्दा धेरै मात्रा चीनमा उपलब्ध छ । त्यहाँ करिब ३० करोड मात्रा खोप उपलब्ध भएको बताइएको छ । चीन विश्वकै सबैभन्दा बढी खोप उपलब्ध भएको देश त हो तर यहाँको जनसङ्ख्याको तुलनामा भने धेरै होइन । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनलाई हेर्दा यहाँ उपलब्ध खोप जनसङ्ख्याको २० प्रतिशत मात्र हुन आउँछ ।  

त्यसो त चीन आफैले पनि खोप उत्पादन गरिरहेको छ तर उसले आफैले मात्र प्रयोग भने गरेको छैन । अफ्रिका, एसियाका विभिन्न देशमा चिनियाँ खोप वितरण भइरहेको छ । कतिपय विकासोन्मुख देशलाई चीनले अनुदानमै उपलब्ध गराएको छ भने कतिपय देशमा बिक्री थालेको छ । 

त्यसपछिको देश अमेरिकामा यो खोप करिब २६ करोड मात्रा वितरण भएको देखिएको छ । हुनत यो खोपको मात्रा चीनको भन्दा थोरै हो, तर जनसङ्ख्यामा हेर्दा यो मात्राले यहाँको ७५ प्रतिशत जनसङ्ख्यालाई पुग्छ । 

त्यस्तै भारतमा उपलब्ध खोपको मात्रा १६ करोड मात्र छ । विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको देश भारतीय नागरिकमा भने यो खोपको उपलब्धता जम्मा करिब १२ प्रतिशत हुन आउँछ । त्यसो त भारतमा खोप उत्पादन पनि भइरहेको छ तर उसले आफैलाई आवश्यक पर्ने खोप पनि उत्पादन गर्न तथा खोप लगाइदिन पनि सकिरहेको छैन । एकातिर जनसङ्ख्या ठूलो छ अर्कातर्फ भारतमा पछिल्लो समयमा महामारीको बृद्धि तीव्र रुपमा भइरहेको छ । 

खोपको मात्रालाई जनसङ्ख्यासँग तुलना गरेर हेर्दा विश्वमा सबैभन्दा बढी उपलब्ध बेलायतमा छ । त्यहाँ ५ करोड भन्दा बढी खोप उपलब्ध छ र यहाँको जनसङ्ख्याका हिसाबले ७६ प्रतिशत भन्दा बढी नागरिकलाई लगाउन सहज हुनेछ । यसरी कतिपय पश्चिमा देशहरुले, विशेषगरी युरोपेली देशमा आफूलाई पुग्नेगरी खोपका मात्राहरु भण्डारण गरिराखेका भन्ने गरिएको छ । बेलायतको यो मात्रा हेर्दा त्यसमा विमती राख्नुपर्ने अवस्था छैन । त्यसो त कोरोना भाइरसको नयाँ प्रजातिले बेलायतलाई नै पछिल्लो समयमा असर पारेकोले पनि खोपको उत्पादनमा बेलायतले ध्यान दिएको पनि हुनसक्छ । 

त्यसपछि बढी खोप ब्राजिल र जर्मनीमा उपलब्ध छ । ब्राजिलमा ४ करोड ६५ लाख मात्र खोप उपलब्ध रहेको छ भने जर्मनीमा ३ करोड ६५ लाखभन्दा बढी खोप उपलब्ध छ । यसरी जनसङ्ख्याका हिसाबले हेर्दा ब्राजिलमा उपलब्ध खोपले त्यहाँका करिब ३० प्रतिशत नागरिकलाई पुग्छ भने जर्मनीमा ४० प्रतिशतलाई पुग्न सक्नेछ ।

खोपको आविस्कारले महामारीको अँध्यारोको वर्षदिनमा केही आशाको सञ्चार भएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्को विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराउनु स्वभाविकै हो । 

तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार छैन । हाल विश्वका कैयौँ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन् । खोपको आविस्कार वैज्ञानिकहरुको बडो संघर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधी पनि छ भन्ने सन्देश भने दिन सफल भएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनाम गेब्रियसले हाल देखा परिरहेको विश्वका देशहरु र कोभिड–१९ को खोपका सम्झौताहरुले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरुलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताउनुभयो । उहाँले भन्नुभयो  “हाल संसारका देशहरु र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरुले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरुमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ । तर खोप अहिलेको संसारका लागि मानिसको जीवन बचाउन सकिने एक आधारभूत आवश्यकता र मानवअधिकार पनि हो, त्यसैले यो खोप सबैका लागि उपलब्ध हुनु आवश्यक छ ।

हाल संसारका कैयौँ देशमा कोभिडको खोप पुगेको छ, मात्रामा भने थोरै धेरै हुनसक्छ । तीमध्ये धेरै त विश्वका सम्पन्न देशहरु नै पर्दछन् । अनि अर्को महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरुमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरुको हालत भोलि के होला रु उनीहरुले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान ? भन्ने चिन्ता बढाएको छ ।

महानिर्देशक गेब्रियसले खासमा कोभ्याक्ससँग गरिब देशका लागि भनेर गरिएका कतिपय सहयोग र सम्झौताहरुको नजिकमै विश्वका यी देशहरुले आफूखुशी गरिरहेका सम्झौताले समस्या उत्पन्न गर्ला कि भन्ने लागेको चिन्ता व्यक्त गर्नुभयो ।

उहाँको भनाई छ “म कुनै देश या खोप निर्माता कम्पनीलाई भन्न चाहन्न, मलाई लाग्छ यो कुनै एक देशको मात्र प्रयासले हुने होइन, यो विश्वव्यापी पहलको परिणामले मात्र हुन्छ । जसरी विश्वका देश महामारीबाट प्रताडित भएको अवस्था थियो आज सबैले अरु देश या गरिब देशहरुलाई पनि आफूलाई जस्तै अप्ठेरो परेको होला भनेर सोचिदिनुपर्छ ।”

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोपलाई हालैमात्र आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ ।डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्ना खोपलाई अनुमति दिएको थियो ।

सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् । तर पनि डब्ल्यूएचओले भने शुक्रबार मात्र यो खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको छ । 

यसका साथै विश्व स्वास्थ्य संगठनले अर्को एक चिनियाँ कम्पनी सिनोभ्याक्स र रुसी खोप स्पुतनिक–भी को मूल्याङ्कन पनि गरिरहेकोले ती खोपको स्वीकृतिका बारेमा पनि केही समयमै निर्णय गर्ने जनाइएको छ । 

करिब एक दर्जन खोपहरु विश्व स्वास्थ्य संगठनको अनुमतिले स्वीकृत भएका छन् । ती खोपहरु बेलायत, अमेरिका, चीन, रुसले निर्माण गरेका छन् । खोप उत्पादनका प्राविधिक कठिनाईहरु त छँदैछन् । त्यस बाहेक पनि खोप राष्ट्रियता, विश्व राजनीति, खोप उत्पादनमा विश्वका शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा तथा नयाँ स्वरुपका भाइरसको आगमन जस्ता कारणहरुले यो कार्यलाई अझ बढी जटिल बनाइदिएको छ । रासस