२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

दिनहुँ थपिँदै सङ्क्रमित

दिनहुँ थपिँदै सङ्क्रमित
अ अ+ अ-

पाँचथर । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच सङ्क्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरमा प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । 

फिदिममा यसअघि भेटिएका सङ्क्रमितहरूको कन्ट्याक्ट टे«सिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।

यता याङवरकमा सोमबार एकै दिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक–४ थर्पुमा पाँच र याङवरक–२ फलैँचामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरू सबैको एन्टिजेन परीक्षण गरिएको हो । सोमबार नै थप सात जनाको पिसिआर परीक्षण गरिएको भए पनि नतिजा आउन बाँकी छ । 

यद्यपि जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ दैनिक रिपोर्टअनुसार एकजना सङ्क्रमित निको भएका छन् भने एक उपचारमा छन् । बाँकी सबै होम आइसोलेशनमा छन् । कार्यालयले रिपोर्टमा कूल सङ्क्रमितको सङ्ख्या ४० उल्लेख गरेको छ । सोमबार नै ४ बजेभन्दा पछि याङवरकमा सातजना सङ्क्रमित थपिएका हुन् । गत आइतबार मात्रै पाँचथरमा १७ जना सङ्क्रमित थपिएका थिए ।

सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै आजदेखि पाँचथरमा निषेधाज्ञा जारी गरिएको छ । बिहान ९ बजेसम्म सदरमुकाम फिदिममा सार्वजनिक सवारीका साधन ठप्प प्रायः देखिएका छन् । निर्माण कार्यमा प्रयोग भएका सवारी भने सञ्चालनमा देखिएका छन् । बिहान ५ देखि ९ बजेसम्म अत्यावाश्यक सेवाका पसल तथा सेवा खुल्ला गरिएअनुसार पसल खुलेका छन् भने सडकमा सर्वसाधारणको उपस्थिति सामान्य छ । आजदेखि शुरु भएको निषेधाज्ञा एक साताका लागि जारी गरिएको हो ।