२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो (भिडियो सहित)

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजे सम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजे सम्म पुर्याईएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । स्वास्थ्य मापदण्ड प्रयोग भए-नभएको अनुगमन गरिने छ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरि गर्ने काममा भने रोक लगाईने छैन ।

यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गते सम्म र दोश्रो चरणमा बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना भए नभएको, मास्क प्रयोग र अनावश्यक हिडडुल गर्नेहरुमाथि कडा अनुगमन गरिने र मास्क नलगाउने प्रति जरिवाना गर्ने , अत्यावश्यक काम बाहेक हिडडुल गर्नेलाई होल्डीङमा राखिने बताउनुभयो ।

खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतले पास को आधारमा र पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गरिने छ । मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो ।