२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन संसद खुल्न आवश्यक– रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्रीले राख्नुभएको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

के कुरा भन्नुपर्छ सदनमा भनौं भन्दै उनले भने, ‘हाम्रो लाइन समिति बन्न सक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । संसदमा प्रश्न गर्न पाउनुपर्‍यो । संसद खुल्यो भने हामीले गृहमन्त्रीलाई प्रश्न गर्न पाउँछौं ।’

सभापति लामिछानेले सदन खुलेमा मात्र अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन सकिन्छ भन्दै संसद खोल्न जोड दिए । उनले थपे,’संसद चाहिँ अवरोध हुन भएन भन्ने हाम्रो लाइन हो । जे छलफल गर्नुपर्छ संसदमा गर्नुपर्‍यो । के कुरा भन्नुपर्छ, सदनमा भनौं भन्ने हाम्रो लाइन हो ।’

आज प्रधानमन्त्रीले राखेको बैठकमा कुनै सहमति नभएपछि भोलि फेरि बस्ने सहमति भएको छ । दलहरुबीच कुरा नमिलेपछि आज बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आईरहेको छ ।