२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली अक्सिमिटर कालोबजारी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली अक्सिमिटर कालोबजारी गरेको आरोपमा ७ व्यक्ति पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरीको टोलीले आज उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

प्रहरीले उनीहरुबाट उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रि मुल्य, उत्पादक कम्पनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको ७६५ थान नक्कली अक्सिमिटर बरामद गरेको छ  । 

आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि.मा काम गर्ने मोरङ बिराटनगर महानगरपालिका वडा नं २ तिनपैनी घर भई हाल अनामनगर बस्ने ४४ वर्षीय बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत् चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्सा भित्र लुकाइछिपाई उक्त अक्सिमिटरहरु ल्याएको प्रहरीले अनुषन्धानबाट पत्ता लगाएको हो । 

पक्राउ पर्नेमा सिन्धुली कमलामाई ४ का हाल बल्खु बस्दै आएका बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ,  बाजुरा खप्तड ६ का २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जा पंचमुल ६ का नानोटेक फर्मा थापाथलीका सञ्चालक  २७ वर्षीय शेषकान्त अधिकारी,  सुनसरी ईनरुवा ६ घर भई हाल भिमसेनगोला बस्ने चिरायु केडी ग्रुपमा कार्यरत ३९ वर्षीय पुष्कर घिमिरे, मोरङ बिराटनगर २ घर भई हाल अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी मा कार्यरत ४४ वर्षीय को बिशाल आचार्य, सिन्धुपाल्चोक सुनकोशी ६ घर भई हाल बागबजार बस्ने २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल  ढुङ्गेअड्डा बस्ने ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।