२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देओलले ५६ करोड ऋण तिर्न सकेनन्, सम्पत्ति लिलामी गरिँदै



अ+ अ-

एजेन्सी । बलिउड स्टार सनी देओललाई बैंक अफ बडोदाले नोटिस जारी गरेको छ । सन्नीले ५६ करोड ऋण लिएका थिए ।

सनीले यो ऋण तिर्न सकेनन्, त्यसपछि उनलाई बैंकबाट नोटिस आयो । ऋण तिर्न नसकेमा उनको जुहुमा रहेको ‘सनी भिल्ला’ लिलामी हुनेछ । यो बंगलाका लागि सनीले ऋण लिएका थिए ।

यसका लागि सूचना पनि निकालिएको छ । बैंकले जारी गरेको सूचनामा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम उल्लेख छ । यसमा लिलामीको मिति २५ सेप्टेम्बर राखिएको छ ।

सनी देओल गदर–२ को सफलताको आनन्द लिइरहेका छन्, यसैबीच यो खबरले उनलाई विचलित पार्न सक्छ । अभिनेता हाल लण्डनमा रहेको बताइएको छ । उनको टोलीसँग सम्बन्धित एक व्यक्तिले यस सम्बन्धमा छिट्टै बयान दिने बताएका छन् ।

सनीको फिल्म गदर–२ ले राम्रो कमाई गरिरहेको छ । शनिबार फिल्मले ३१.०७ करोड कमाएको थियो । फिल्मको ९ दिनमा कुल कलेक्सन ३३६.२० करोड पुगेको छ । यी तथ्याङ्कहरू आफैमा ऐतिहासिक छन् । करिब ७० देखि ८० करोडमा बनेको यो फिल्म अब ४०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।