२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देओलले ५६ करोड ऋण तिर्न सकेनन्, सम्पत्ति लिलामी गरिँदै



अ+ अ-

एजेन्सी । बलिउड स्टार सनी देओललाई बैंक अफ बडोदाले नोटिस जारी गरेको छ । सन्नीले ५६ करोड ऋण लिएका थिए ।

सनीले यो ऋण तिर्न सकेनन्, त्यसपछि उनलाई बैंकबाट नोटिस आयो । ऋण तिर्न नसकेमा उनको जुहुमा रहेको ‘सनी भिल्ला’ लिलामी हुनेछ । यो बंगलाका लागि सनीले ऋण लिएका थिए ।

यसका लागि सूचना पनि निकालिएको छ । बैंकले जारी गरेको सूचनामा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम उल्लेख छ । यसमा लिलामीको मिति २५ सेप्टेम्बर राखिएको छ ।

सनी देओल गदर–२ को सफलताको आनन्द लिइरहेका छन्, यसैबीच यो खबरले उनलाई विचलित पार्न सक्छ । अभिनेता हाल लण्डनमा रहेको बताइएको छ । उनको टोलीसँग सम्बन्धित एक व्यक्तिले यस सम्बन्धमा छिट्टै बयान दिने बताएका छन् ।

सनीको फिल्म गदर–२ ले राम्रो कमाई गरिरहेको छ । शनिबार फिल्मले ३१.०७ करोड कमाएको थियो । फिल्मको ९ दिनमा कुल कलेक्सन ३३६.२० करोड पुगेको छ । यी तथ्याङ्कहरू आफैमा ऐतिहासिक छन् । करिब ७० देखि ८० करोडमा बनेको यो फिल्म अब ४०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।