२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ ।

आईतवार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताउनु भयो । उहाँले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताउनु भयो । उहाँले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने की नखुल्ने भन्नेकुरा समिति बनाउने की नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । दलहरुसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु । प्रतिपक्षले सत्तालाई तुरुन्त आदेश निर्देश गरेर समिति बनाउन भन्ने निर्देशन दिन सभामुखले आफ्नो कर्तव्य निभाउनु पर्छ, सभामुख सरकारको पछिपछि हिँडेर हुन्छ, प्रतिपक्षले माग गर्नेकुरा नाजायज छ ? सरकारलाई सघाउन सरकारका अंगले ठिक गर्छन् भनेर बसेर मात्रै हुन्छ भन्ने आरोप छ । समस्याको समाधान गर्न दलहरुले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु । कोशिस पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु । उहाँहरुले त्यसमा सहमति गर्नु बाहेक अर्को बाटो छैन । दलहरुकै बीचमा समझदारीको वातावरण हुनुपर्छ ।’

सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताउनु भयो ।




भर्खरै