६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण : समातिएका विदेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी



अ+ अ-

काठमाडौँ । त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ ।

तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कठायतले जानकारी दिनुभयो ।

साउन ३ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो ।

विभागले १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।

त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।

उनको नागरिकता २०७४ मा जारी भएको देखिन्छ । प्रहरीका अनुसार त्यसपछि विभिन्न मितिमा थप दुई जनालाई नेपाली नागरिकता दिइएको भेटिएको छ ।

पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।

थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको प्रहरी प्रवक्ता कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकतासम्बन्धी कसुरमा प्रहरीले छुट्टै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।