२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

चीनबाट स्वास्थ्य सामग्री लिएर नेवानीको वाइडबडी विमान काठमाडौं अवतरण

चीनबाट स्वास्थ्य  सामग्री लिएर नेवानीको  वाइडबडी विमान काठमाडौं अवतरण
अ अ+ अ-

काठमाडौं । बेइजिङबाट स्वास्थ्य सामाग्री लिएर उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ । मंगलबार वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको हो । बाँकी स्वास्थ्य सामाग्री तयारी हुनासाथ तुरुन्तै ल्याउनको लागि निगमलाई तयारी अवस्थामा राखेको पौडेलले बताए । 

४ जना पाईलट सहित चालक दलका १४ जना सदस्यहरू, उडानमा संलग्न  ग्राउण्ड स्टाफहरू, बेइजिङ स्थित नेपाली दूतावासका कर्मचारीहरू, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सबै सबैमा धन्यवाद ज्ञापन गरेको छ।