२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता र प्रमुख प्रतिपक्ष दुवैले अडान नछाड्दा सभामुख-सचेतकको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख सचेतक र सचेतकहरू बिचको बैठक निष्कर्षविहीन सकिएको छ ।

सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’

सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको बैठकमा उपसभामुख इन्दिरा राना, कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आईरहेको छ । यता, सरकारले भने राज्यको संयन्त्रले नै अनुसन्धान गरिरहेकोले अर्को छुट्टै छानबिन समिति नचाहिने बताउँदै आएको छ ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुबिच पनि संसद खुलाउनेबारे छलफल भईरहेको छ ।