२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीले इटलीको कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्शान हुने अनुमान



अ+ अ-

एजेन्सी । इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्शान हुने अनुमान गरेको छ ।

यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रुपमा रहने उनीहरुको भनाइ छ । रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ । जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन् । इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो ।

यस वर्षको तापक्रम औसत भन्दा ०.७६ डिग्रि सेल्सियले बढी छ । जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्य भन्दा १.९६ डिग्रि सेल्सियस रेकर्ड कायम भएको थियो । तर यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ । २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो । इटलीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ । तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ ।

इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ । सोमवारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर शुरु हुने अनुमान छ । ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्रि सेल्सियसले तापक्रम बढ्ने अनुमान छ । मध्य र दक्षिण इटलीका धेरै भागहरुमा आगामी दिनहरुमा उच्च तापक्रम ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ ।




भर्खरै