२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–आँबुखैरेनी सडकखण्डको पावरहाउस नजिकैबाट मस्र्याङ्दीमा ट्रक खस्दा २ जनाको मृत्यु



अ+ अ-

तनहुँ ।  मुग्लिन–आँबुखैरेनी सडकखण्डमा गए राति ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त सडक खण्डमा पर्ने आँबुखैरेनी गाउँपालिका ४ पावरहाउस नजिकै आपचौरको घुम्तिबाट ना ३ ख ९९७३ नम्बरको मालवाहक ट्रक मस्र्याङ्दी नदीमा खसी दुर्घटना हुन पुगेको थियो । 

ट्रक सडकबाट करिब २ सय मिटर तल मस्र्याङदीमा खसेको बताइएको छ । 

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक गलकोट नगरपालिका ८ बाग्लुङका ३८ वर्षिय जय कंडेल र सहचालक उनका भाइ मीन कंडेल रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि मृत्यु भएकाको शव प्रहरीले नदीबाट निकाली पोष्टमार्टमको लागि दमौली पठाईएको पठाइएको पनि प्रहरीले जनाएको छ ।