११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.54

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को अवरोध हटाउन सभामुखको दलका प्रमुख सचेतकसँग छलफल



अ+ अ-

काठमाडौँ । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले विभिन्न पार्टीका प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन् । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक पूर्व सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको बैठकमा उपसभामुख इन्दिरा राना, कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आईरहेको छ । यता, सरकारले भने राज्यको संयन्त्रले नै अनुसन्धान गरिरहेकोले अर्को छुट्टै छानबिन समिति नचाहिने बताउँदै आएको छ ।