२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

आमाको मुख हेर्ने दिन: महिला स्वास्थ्य भन्नाले के बुझ्नुहुन्छ ?

आमाको मुख हेर्ने दिन: महिला स्वास्थ्य भन्नाले के बुझ्नुहुन्छ ?
अ अ+ अ-

काठमाडौं । केही दिनअघि ‘महिला स्वास्थ्य’ विषयक छलफलमा मलाई वक्ताका लागि आग्रह गरियो । नेपालका थुप्रै जिल्लाका विद्यार्थी, सामाजिक कार्यकर्ता, राजनीतिकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिमाझ विचार राख्ने मौका पाउँदा म दंग थिएँ ।

छलफलको सुरवात मै मैले सहभागीहरूलाई सोधें, ‘महिला स्वास्थ्य भन्नाले के बुझ्नुहुन्छ ?’ सबैको लिखित जवाफ आयो- प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी, सुत्केरी, पिसाब चुहिने, पाठेघर क्यान्सर, कुपोषण आदि ।

अनि ‘पुरुष स्वास्थ्य भन्नेबित्तिकै मनमा जे आउँछ, त्यही लेख्नुस्’ भनेर आग्रह गरे । सबैले लेख्नुभयो- मोटोपन, फोक्सोको क्यान्सर, मधुमेह, उच्च रक्तचाप, टाउको दुख्ने, पक्षाघात आदि । त्यसपछि मैले प्रश्न गरें, ‘के महिलालाई यी समस्या हुँदैनन् रु’ सबैको एउटै जवाफ आयो, ‘हुन्छ नि, किन नहुनु ?’

महिलाका स्वास्थ्य समस्यालाई हामी प्रजनन स्वास्थ्य, त्यो पनि पाठेघरको समस्या, सुत्केरी र महिनावारीसँग मात्र जोडेर हेर्छौं । उनीहरूका शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यबारे छलफलै हुन्न । 

अर्कातिर, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पुरुषको पनि हुन सक्छ भन्ने विचारै गरिन्न । महिलालाई मुटुको रोग, फोक्सोको क्यान्सर, पक्षाघातजस्ता पुरुषलाई हुने सम्पूर्ण समस्या हुन्छन् । महिलाको पाठेघर एउटा विशिष्ट अंग भएकाले त्यहीसँग सम्बन्धित समस्यालाई मात्र महिला स्वास्थ्य रहेको आमबुझाइ छ ।

महिला स्वास्थ्यका अनेक पक्षबारे छलफल नहुनुको कारण खोज्न सजिलो छैन । स्वास्थ्य भन्नेबित्तिकै डाक्टर, नर्स, सुई, अस्पताल, स्वास्थ्य चौकी, उपचार कक्ष मात्र हाम्रो दिमागमा आउँछ । हामी स्वास्थ्यलाई विशुद्ध चिकित्सा विज्ञान र शरीर विज्ञानको आँखाले मात्र हेर्छौं । स्वास्थ्यको सामाजिक पक्षबारे बहस प्रायः हुँदैन ।

प्रजनन स्वास्थ्यबारे नबोली ‘महिला स्वास्थ्य’ को छलफल पूर्ण हुँदैन तर यसैलाई मात्र सम्पूर्ण महिला स्वास्थ्य ठान्दा बहस अपूर्ण हुन्छ; प्रजनन स्वास्थ्यको बहस र बुझाइ पनि कमजोर हुन्छ । स्वास्थ्यको समाजशास्त्र नबुझी बहस गर्नु ससाना नानीहरूले आँखामा पट्टी बाँधेर पुच्छर, खुट्टा, सूँढ समाएर त्यसैलाई मात्र ‘हात्ती’ भन्नुजस्तै हो ।

२० वर्षअघि सुदूरपश्चिममा ‘महिला स्वास्थ्य’ शिविर राख्दा धेरैजसो महिला प्रजनन स्वास्थ्यकै समस्या लिएर आए । धेरैमा पाठेघर खस्ने समस्या थियो तर यसो हुनुको कारण डाक्टर वा अस्पताल नहुनु मात्र थिएन । कुपोषण, कामको बोझ, छोरो पाउनै पर्ने बाध्यताले पनि ‘पाठेघर खस्ने’ समस्या विकराल भएको थियो । 

अफसोस, हामीमा यस्ता सामाजिक समस्या हल गर्ने तागत थिएन । हामीले उनीहरूको उपचार त गर्यौं, शल्यक्रिया गर्न वकालत पनि गर्यौं तर जथाभावी ‘पाठेघर’ काटेर फ्याँक्ने शल्यक्रियाले महिलामा अन्य स्वास्थ्य समस्या थपिए ।

त्यति बेला ५० वर्षीय एक पुरुष आफ्ना तीन श्रीमतीसँगै शिविरमा आए र भने, ‘डाक्टर साब, मेरा यी दुई श्रीमतीबाट बच्चा भएन, तेस्रो विवाह गरेपछि एउटी छोरी छ । यी दुईको किन बच्चा भएन, हेर्दिनुस् त !’ २० वर्षकी उनकी कान्छी श्रीमती २ वर्षीया छोरी काखमा च्यापेर लजाउँदै हामीनजिक उभिएकी थिइन् । हामीले ती पुरुषलाई भन्यौं, ‘यस्तो समस्या भएपछि तपाईले पनि जाँच गराउनुपर्छ नि !’ हाम्रो कुराले ती पुरुष अलि आवेशमा आए र भने, ‘मैले किन जाँच गराउने ? हट्टाकट्टा छु, तीनवटी श्रीमती सम्हालेको छु । श्रीमतीहरू पो कमजोर छन् ।’

हामीले उनलाई सम्झाइबुझाइ जाँच गर्दा थाहा भयो- उनको शुक्रकीट त शून्य रहेछ । अनि हामीलाई धर्मसंकट पर्यो । यदि उनलाई सत्य कुरा भन्ने हो भने, कान्छी श्रीमतीको बिचल्ली हुने, नभन्नु पनि कसरी ? अनि हामी सबै मिलेर उनको परिवारलाई हानि नहुने जुक्ति निकाल्यौं र भन्यौं, ‘तपाईकी छोरी दुई वर्षकी भइन् । यो बीचमा तपाईलाई घाँटी दुखेको, हाँडे र ज्वरो आएको थियो कि, सम्झनुस् त ?’ उनले भने, ‘मलाई एक वर्षअघि हाँडे र ज्वरो आएको थियो ।’ अनि हामीले भन्यौं, ‘त्यो हाँडेका कारण तपाईको शुक्रकीट शून्य भएको छ । अब यही छोरी मात्र हो तपाईकी सन्तान ।’ यो अलि अलि झुटो त बोलेको नै हो हामीले ।