८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । हाल नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक बदली भईरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मौसम सामान्यतया सफा रहेको छ । यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही तथा बाँकी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।