१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ज्येष्ठ डाक्टरको अनुभव: तलब १८०, विरामी जाँचेको ३ रुपैयाँ

ज्येष्ठ डाक्टरको अनुभव: तलब १८०, विरामी जाँचेको ३ रुपैयाँ
अ अ+ अ-

काठमाण्डौ । नेपालका दोस्रा छातीरोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा.गौरीशंकर लाल दास । जन्मेको वर्षको हिसावले उहाँ शताब्दी वर्षमा प्रवेश गर्नुभएको छ २०८० सालदेखि । जन्म महिना र गते भने असोज १० रहेछ । उहाँले भन्नुभयो ‘आउँदो असोज १० गते १०० वर्ष प्रवेश गर्छु ।’ उहाँ १९८१ साल असोज १० गते सिरहाको इनर्वामा जन्मनुभएको हो ।

जन्मेको वर्षको हिसावमा शताब्दी वर्ष प्रवेश गरेका डा.गौरीशंकरलाई ‘नेपालकै पहिलो जीवित जेठा डाक्टर’ भनेर सार्वजनिक कार्यक्रममा सम्मान र अभिनन्दन गर्न शुरु भईसकेको छ । केही दिन अघि मात्रै विभिन्न संघसंस्थाले उहाँलाई अभिनन्दन गरिसकेका छन् ।

एक सय ३ वर्षसम्म बाँचेका इतिहास तथा संस्कृतिवीद् सत्यमोहन जोशी, १०१ वर्ष बाँचेका राष्ट्रकवि माधव प्रसाद घिमिरेपछि लामो आयु बोकेका डा.गौरीशंकर नै पहिलो डाक्टर हुन् भन्दा दुईमत नहोला ।

डा.गौरीशंकरका बाबु जनार्दन लाल दास र आमा भवानी देवीको धेरै अघि निधन भइसकेको छ । आफ्नी धर्मपत्नीलाई २३ वर्ष अघि गुमाईसकेका उहाँ अहिले एकल जीवन विताइरहनुभएको छ ।

उहाँ मित्रपार्क चावहिलस्थित घरमा आफना दुई छोरा इन्जिनियर आनन्द मोहन र सुरेन्द्र मोहन तथा बुहारी, नाति नातिनी र पनाति पनातिनीका साथमा रमाउनुहुन्छ । जेठा छोरा ७६ वर्षका र कान्छा छोरा ६२ वर्षका छन् ।

बाबु जनार्दन लाल दास र आमा भवानी देवीका तीन भाई छोरामध्येका उहाँ जेठा छोरा हुनुहुन्छ । राजनगरको रामेश्वर हाईस्कुलबाट मेट्रिक (१० कक्षा) उत्तीर्ण गरेपछि उहाँले दक्षिणी विहारको भागलपुरबाट आइएस्सी पास गर्नुभएको थियो ।

भारत र पाकिस्तान अलग हुनुअघि अर्थात सन् १९४५ मा पटना विश्वविद्यालयबाट उच्च अंकका साथ बिएस्सी गरेका उहाँले सोही विश्वविद्यालय र बेलायतको प्रिन्स अफ वेल्सबाट गरी एमबिबिएस उत्तीर्ण गर्नुभयो । त्यसलगत्तै बेलायतको वेल्सस्थित वेल्स नेशनल स्कुल अफ मेडिसिनबाट छातीरोगबारे डिप्लोमा गरी लण्डन स्कुल अफ हाइजिनबाट ट्रपिकल मेडिसिन र हाइजिनमा डिप्लोमा गरेपछि उहाँ स्वदेश नेपाल फर्कनुभएको थियो ।

विसं २००९ साल फागुन १८ गते नेपालको जेठो वीर अस्पतालमा आवासिय मेडिकल डाक्टरको रुपमा सरकारी सेवामा प्रवेश गरेका उहाँको शुरुको तलव १८० रुपैयाँ थियो भने मासिक भत्ता २० रुपैयाँ । २००९ सालमा मेरो तलव १८० र भत्ता २० रुपैयाँ गरी २०० रुपैयाँ थियो, उहाँले यसरी विगतको जिवन्त इतिहासि सम्झनुभयो । ‘त्यति पैसाले खान, लाउन राम्रैसँग पुग्ने मात्रै होइन वचत पनि हुन्थ्यो’—उहाँको अनुभव छ ।

उहाँसँग वीर अस्पताल, राणाकालीन समयमा क्षयरोगीका विरामीहरुको अस्पताल टोखा स्यानेटोरियम, फेरि वीर अस्पताल, स्वास्थ्य मन्त्रालय, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्, लोकसेवा आयोग, राष्ट्रिय योजना आयोग लगायतमा वरिष्ठ चिकित्सक र विश्व स्वास्थ्य संगठनमा विशेषज्ञ सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।

तत्कालीन राजा वीरेन्द्रबाट लोकसेवा आयोगको सदस्यमा मनोनित उहाँ २ पटक गरी १२ वर्ष काम गरेर त्यहीँबाट सेवानिवृत्त हुनुभयो । सेवानिवृत्त हुँदा पेन्सन कति थियो त ? ‘१८० रुपैयाँबाट सरकारी सेवा प्रवेश गरी जागीर छोड्दा अहिले मेरो पेन्सन ६० हजार जति आउँछ ।’

सरकारी सेवानिवृत भएको १० वर्षपछि अर्थात २०५७ सालतिर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगको गठनपछि पहिलो अध्यक्ष भएर पाँचवर्ष काम गर्नुभयो ।

‘नेपाल रेडक्रस, नेपाल क्षयरोग निवारण संस्था, कुष्ठरोग निवारण संस्था नेत्र ज्योति संघलगायत विभिन्न सामाजिक संघसंस्थामा काम गरेको र सरकारी सेवाको अनुभवले मलाई सो आयोगको अध्यक्ष भएर काम गर्न सजिलो भयो, नत्र त्यसबारे खासै ज्ञान थिएन’– हालै उहाँले निवासमा यो अनुभव सुनाउनुभयो ।

९९ वषमा पनि उहाँको सक्रियता सामाजिक कार्यमा त्यतिकै छ । विहान ५ बजे उठेर नित्य कर्म, योग र पुजापाठ सकेपछि सामाजिक कार्यमा लाग्ने गरेका उहाँ अहिले पनि स्वस्थ र लठ्ठिको सहारा विना हिँडडुल गर्न सक्नुहुन्छ । चस्मा नलगाईकनै पढ्न र नजिक/टाढाको वस्तु हेर्न र चिन्न सक्नुहुन्छ उहाँ । केही समय अघि उहाँको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।

उहाँमा अम्मल भने केही छैन । ‘चुरोट, सुर्ती, मदिरा सेवन गर्ने वानी नभएरै होला म अहिलेसम्म बाँचेको’ अहिलेको अम्मली पुस्तालाई सन्देश पनि हुनसक्छ यो । गोसाईकुण्ड, कैलाश मानसरोवर, मुक्तिनाथ लगायतका पहाडी र हिमाली क्षेत्रको पैदलयात्रा मात्रै नभई विभिन्न ठाउँमा घुम्न र रमाउन मन पराउनुहुन्छ उहाँ ।

छातीरोग विशेषज्ञ भएतापनि उहाँले विरामी जाँच्न छोडेको भने करीव २५ वर्ष भइसकेछ । वीर अस्पतालमा काम गर्ने समयमा हप्तामा एकचोटी न्युरोडको एउटा क्लिनिकमा गएर विरामी जाँच्ने गर्थें, उहाँले भन्नुभयो—‘त्यतिखेर एकजना विरामी जाँचेको ३ रुपैयाँ थियो ।’ पछि राजा वीरेन्द्रले विरामी जाँचेको ६ रुपैयाँ भन्दा बढी नलिनु भन्ने आदेश भएको थियो ।

सरकारी तथा सामाजिक सेवामा विभिन्न योगदान गरेवापत ५० भन्दा बढी विभूषण, पदक र सम्मान पाएका डाक्टर गौरीशंकर अझै कति बाँच्नुहोला भन्ने प्रश्नको सरल जवाफ यस्तो छ— ‘जति बाँचु सजिलैसँग बाँच्न पाउँ, मर्ने वेलामा कुनै पीडा नहोस् ।’