२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले कसैसंग “उन्मुक्ति” को याचना गरेको छैन



अ+ अ-

केही समय यता केही दृश्य-अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जवर्जस्ती मुछ्ने,अपराधी झैं दुष्प्रचार गर्ने,सम्बन्धित निकायले कुनै सोधपुछ/छानवीन नगर्ने र उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारवाजी भैरहेको छ त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणवारे निष्पक्ष छानवीन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा मैले संसद र सार्वजनिक मन्चबाट निरन्तर बताउॅदै आएको छु! साथै त्यस्तो छानवीनमा आफुले जहाॅ,जैले,जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।

मेरो प्रधानमन्त्रीकालमा प्रक्रियागत ढंगले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रीपरिषदको सम्बन्धित सामाजिक समितिले आवश्यक छानवीन पश्चात् प्रस्तुत गरेको निर्णयप्रस्तावलाई मन्त्रीपरिषद्ले सामुहिक रूपमा स्वीकृति दिएको तथ्य जगजाहेर छ।

मैले सोही ब्यहोराको बयान केही बर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिइसकेको छु। सत्य त्यही हो र अहिले मैले जहाॅ,जोसुकैलाई दिने बयान पनि त्यही हो।

मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन। ललितानिवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैरकानूनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टी गर्न सक्दैन।

हाल सिआइबीले गरिरहेको छानवीनको क्रममा पनि मसंग कसैले कुनै सोधपुछ गरेको छैन र मैले कसैसंग “उन्मुक्ति” को याचना गरेको पनि छैन। मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिंदैन।बरू आवस्यक परे आफ्नोतर्फबाट छानवीनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु।

यो स्थितिमा केही वृत्तबाट भैरहेको निरन्तर दुष्प्रचारको अर्थ के हो आफ्नो विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न सबैसंग विनम्र आग्रह गर्दछु। अनि दन्त्यकथाको छट्टुु स्यालले ‘चील आयो चील आयो’ भन्दै सोझा किसानको कुखुरा चोरेको जस्तो यहाॅ नहोस् भन्नेतर्फ सबैको सतर्कता पुगोस् भन्ने कामना गर्दछु!

पूर्व प्रधानमन्त्री डा भट्टराईको फेसबुकबाट