२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता



अ+ अ-

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भएको पाईएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको जनाएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘उनीहरु नेपाली नागरिकता बनाएर नेपालमा बसेको पाईएको छ । उनीहरुसँग चिनियाँ पासपोर्टमा पनि छ । ’

सीआईबीका अनुसार पक्राउ परेका टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवानले काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास गरेर ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो ।