२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम हिनामिना गरेको भन्दै कपिलवस्तु विजयनगरका वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाई हिनामिना गरेको आरोपमा विजयनगर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

शुक्रबार आयोगका पवक्ता भोला दाहालले एक विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।

वडा नं ४ का वडाध्यक्ष कंडेलले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको छ लाख दश हजार रकम ठेकेदारबाट लिई गाउँपालिकालाई नबुझाई हिनामिना गरेको देखिन आएको आरोप पत्रमा उल्लेख गरिएकोे छ ।

आयोगले वडाअध्यक्ष कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेवमोजिम उनलाई उल्लेखित कसुरमा विगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ ।

त्यसैगरी, शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएबमोजिमको रकम दाखिला नभएको र २ लाख ७० हजार रकम हिनामिना गरेकोमा उनीहरुमाथि पनि मुद्दा परेको छ ।