३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम हिनामिना गरेको भन्दै कपिलवस्तु विजयनगरका वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाई हिनामिना गरेको आरोपमा विजयनगर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

शुक्रबार आयोगका पवक्ता भोला दाहालले एक विज्ञप्ति जारी गर्दै उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।

वडा नं ४ का वडाध्यक्ष कंडेलले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको छ लाख दश हजार रकम ठेकेदारबाट लिई गाउँपालिकालाई नबुझाई हिनामिना गरेको देखिन आएको आरोप पत्रमा उल्लेख गरिएकोे छ ।

आयोगले वडाअध्यक्ष कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेवमोजिम उनलाई उल्लेखित कसुरमा विगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ ।

त्यसैगरी, शंकरपुर तालको ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएबमोजिमको रकम दाखिला नभएको र २ लाख ७० हजार रकम हिनामिना गरेकोमा उनीहरुमाथि पनि मुद्दा परेको छ ।