• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ? ★   रोहितले पनि लिए सन्यास ★   ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ ★   आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा ! ★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य

मैदानमा ढलेका फिफा सहायक रेफ्री चौधरीको निधन



काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको असामयिक निधन भएको छ । शुक्रबार विहान नियमित प्रशिक्षणका क्रममा ढलेका चौधरीको ह्रदयघातका कारण निधन भएको बुझिएको छ ।

अभ्यासका क्रममा मैदान मै ढलेका उनलाई आर्मीको स्वास्थ्य टोलीले सिपिआर दिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि छाउनीस्थित आर्मी अस्पताल लागिएको थियो । अस्पतालमा पुगेपछि डाक्टरले उनलाई मृत घोषित गरेको दियो ।

हाल उनको शव छाउनीस्थित अस्पतालमा राखिएको छ । उनको परिवारजनको उपस्थितिपछि अन्तिम संस्कार कहाँ हुने निर्णय लिइने बुझिएको छ ।

सर्लाही घर भएका चौधरी पछिल्लो ३ वर्षयता फिफा रेफ्रीको रुपमा आबद्ध रहेका थिए । उनले २०६६ सालदेखि ए डिभिजन लिगमा रेफ्री गरेका थिए भने २०२१ देखि फिफा असिस्टेन्ट रेफ्री थिए ।