९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्रीको प्रश्न- टिप्पणी उठाउनेहरुको हातमा हत्कडी आदेश दिनेहरुलाई सलाम कहिले सम्म ठोक्ने?



अ+ अ-

काठमाडाैं । कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताउनुभएको छ । रोल…

शुक्रवार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शिर्ष नेताहरुको सम्पती छानबिन गर्ने बताउनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताउनु भयो । गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताउनु भयो । बजारमा नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो,‘ मुलुकलार्ई सुशासन स्थापीत गरेर अघि बढाउन प्रतिवद्ध छौं । सरकारको मिसन सुशासन कायम गर्ने हो । यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्नेकुरामा हामी प्रष्ट हुनु आवश्यक छ । जसले टिप्पणी उठाउँछ, तीनका हातहरुमा हत्कडी लगाउने र फेरी टिप्पणी उठाउन आदेश दिनेहरुलाई तिनै टिप्पणी उठाउनेहरुको हातमा हत्कडी लगाउनेहरुलाई हत्कडी लगाउने हातले फेरि आदेश दिनेहरुलार्ई सलाम ठोक्ने प्रवृत्तीको अन्त्य खोज्नुपर्छ । सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कुनै हात्तीको दाँत होर्ईन । यो कार्यान्वयन नै गर्र्ने हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’

उहाँले सुन तस्करीलाई सामान्य हेलचेक्र्याँइका रुपमा हेर्न नहुने बताउनु भयो । सामान्य हेलचेक्र्याईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज मात्रै पढ्दै थिएँ मैले सुन तस्करी प्रकरण साधारण हेलचेक्र्याँइले गर्दा भएको हो रे । त्यति ठूलो पहँलो हात्ती गेटबाट छिर्दाखेरी साधारण हेलचेक्र्याँइ हो भन्ने प्रतिवेदन आयो भन्ने पढ्दैथिएँ । तर, त्यस्तो होइन । हामीले धेरै कुरा सुधार्नुपर्ने रहेछ ।’

कानूनमन्त्री गुरुङले सरकारले कानूनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानूनको कठघरामा उभिने बताउनु भयो ।