४ आश्विन २०८१, शुक्रबार
,
Latest
नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस ७६ वर्षको उमेरमा महेश भट्टले सुरु गरे पोडकास्ट एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सय बढी बंगलादेशी पर्यटक एकै पटक नेपालमा



अ+ अ-

काठमाडौं । दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् ।

शुक्रवार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रश्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिव सात सय पर्यटकहरु नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनु भयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढीरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिव ७ सय जति पर्यटकहरु आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’

त्यस्तै बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनु भयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’

पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।