५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिदै, रेमिट्यान्स बचतमा अरुभन्दा २ प्रतिशत बढी

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिदै, रेमिट्यान्स बचतमा अरुभन्दा २ प्रतिशत बढी
अ+ अ-

काठमाडौँ । विगत केहि समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिना देखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन् ।

यसै अनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक फरक रहेको थियो । बैंकहरुले भाद्र महिनाको लागि ब्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरकफरक ब्याजदर प्रकाशन गरेका छन् ।

२० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी रहेको छ ।

ग्लोबल आइएमई बैंकले भाद्र महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा ब्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीमा गई विदेशी भूमिलाई कर्मक्षेत्र बनाई आयआर्जन गरेका व्यक्तिहरुको कमाइलाई बैंकिङ्ग माध्यमबाट नेपालमा ल्याउन महत्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दती तर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम् ब्याजदर प्राकशित गरेको छ ।

सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ । रेमिट्यान्स तर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ ।

बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ ।
बैंकको सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैंक खातामा वार्षिक ७।९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत प्रकाशित गरेको छ । यसरी हेर्दा स्वदेश तथा बिदेशमा बसोबास गर्नेहरुले ब्याज आम्दानी वृद्धि गर्ने हो भने ग्लोबल आइएमई बैंकमा बचत गर्दा उपयुक्त हुने देखिएको छ ।

मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो ।

संस्थागत निक्षेप तर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदर मध्य अधिकतम् नै देखिन्छ । न्यूनतम् ६ महिना वा सो भन्दा बढि अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरु मध्य धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ । बचतकर्ता महानुभावहरुको लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ । साथै, बैंकहरुले भाद्र महिनाको लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा भाद्र महिनामा ग्लोबल आइएमई बैंकमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ ।

यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहक महानुभावहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।