४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका बागेश्वर बाबा काठमाडौँ आइपुगे, प्रधानमन्त्री प्रचण्डसँग भेट्दै



अ+ अ-

काठमाडौँ । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनको सिलसिलामा भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् ।

काठमाडौँ आइपुगेका उनले आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोलि उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । त्यहाँ उनले भोलिदेखि ४ गतेसम्म हनुमान कथा वाचन गर्ने कार्यक्रम छ ।