५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन तस्करी प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो ।

सिआईबीले बुधवार साउन ३१ मा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति रहेका र उनीहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गर्दै आईरहेका अनुसन्धानबाट खुलेको छ । यस्तै, डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने गर्ने गरेको पाईएको छ ।

गएराति पक्राउ परेका दुईजनासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।