२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन आकाशियो गोलभेंडाको भाउ ?



अ+ अ-

काठमाडौं । उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए ।

मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु आकाशिनुको मूल्य मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको ुअफ सिजनु चल्नु हो । समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयामा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १ सय ३ रुपैयाँ पुगेको छ ।

त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ । गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो । असारमा ५ रुपैयाँ किलो मूल्य भएको सानो लोकल गोलभेंडालाई अहिले किलोको ७५ रुपैयाँ तिर्नुपर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गिताप्रसाद आचार्यले यतिखेर भारत र नेपाल दुवैतिर गोलभेंडाको अफ सिजन चलेकाले उत्पादन घट्न गई कालीमाटीमा आपूर्ति कम हुँदा मूल्य आकाशिएको बताए ।

यसबाहेक भारतमा गोलभेंडाको उत्पादन घटेर मूल्य बढेपछि नेपाली किसानले महँगोमा बेच्न भारततर्फ निर्यात गरिरहेका छन् । यसले पनि नेपाली बजारमा मागभन्दा कम आपूर्ति भई मूल्य बढेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६० देखि ६५ टन गोलभेंडा भित्रिन्छ । तर, अहिले ३५ देखि ४० टन मात्रै भित्रिने गरेको छ । अघिसम्म भारतले केही नेपाली गोलभेंडा आफ्नो देशमा आयात गर्न प्रतिबन्ध लगाएको थियो । अभाव भएसँगै भारतले प्रतिबन्ध फुकुवा गरेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।