• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

अथेना कपको डेब्यु खेलमा सावित्राको गोल



काठमाडौं । नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले इजरायलको अथेना कप प्रतियोगिताको डेब्यु खेलमा नै गोल गरेकी छिन् । उनको महत्वपूर्ण गोलमा नै हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको छ ।

रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे । साम्बाको पासमा गोल्डेनले गोल गर्दै रानानालाई अघि बढाएकी थिइन् । त्यसपछि साम्बाले सुन्दर गोल गरिन् ।

यससँगै सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा सोमबार प्रतिस्पर्धा गर्नेछ ‌।