२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार काठमाडौँका यी स्थानहरुमा पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।

लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकोले भोली काठमाडौँका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

जसअनुसर स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विजुली जाने प्राधिकरणले जनाएको छ । साथै टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूमा समेत विद्युत् सेवा अवरुद्ध हुनेछ ।