२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई देवत्वकरण गर्ने अभियानमा एमाले



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको छ ।

गत सोमबार (२९ साउन)मा बसेको एमाले सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।

एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् । पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स, लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरूको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो ।

एमालेका एक नेताले विगतको प्ररम्परा तोड्दै अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने अभियानमा केही नेता लागेको दु:खेसो पोखेका छन् । ‘तीन अग्रज नेताबाहेक विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताका साथै कार्यक्रमसँग सम्बन्धित अन्य फोटो राखेर कार्यक्रम हुँदै आएको थियो,’ ती नेताले भने, ‘अब त ओलीबाहेक अन्यको फोटो राख्न नपाउने निर्णय गरेर एमालेले अध्यक्षलाई संस्थागत रूपमै देवत्वकरण गर्ने अभियान नै चलायो ।’ यो समाचार राजधानी दैनिकमा छ ।