१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू–भागको केही स्थान तथा बाँकी थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेस र लुम्बिनीका तराईका केहि भूभागमा हावा–हुरीको समेत सम्भावना रहेको छ।

आज राति भने कोशी, बागमती र गण्डकीका केहि पहाडी भू–भागमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।