२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित बेग्ला–बेग्लै विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्न र भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाईले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित हुनुहुन्थ्यो । यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । रासस