२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित बेग्ला–बेग्लै विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्न र भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाईले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित हुनुहुन्थ्यो । यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । रासस