२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाबाट छात्रवृत्ति पाएका विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा अध्ययन गर्न छात्रवृत्ति पाएका विद्यार्थीहरूले कुनै पनि शुल्क बुझाउनु नपर्ने भएको छ ।

महानगरले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थामा कुनै पनि प्रकारको शुल्क नबुझाउन अनुरोध गरेको हो ।

महानगरले कक्षा ११ र १२ मा सिफारिस गरेको विद्यार्थीहरूले भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याबरपुस्तकालय शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था गरेको प्रष्ट पारेको छ ।

छनौटमा परेका विद्यार्थीहरूसँग शिक्षण संस्थाले विभिन्न बहानामा शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै प्रकारको शुल्क नतिर्न भनेको हो ।

कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा महानगरको नि:शुल्क टेलिफोन नम्बर १६६००१०५५११ समर्पक गर्न अनुरोध गरेको छ ।

महानगरले २०८० साउन २० गते छात्रवृत्ति परीक्षा सञ्चालन गरेको थियो । जसअन्तर्गत महानगरले पहिलो भर्ना सूची सार्वजनिक गरेको छ । उनीहरूलाई भदौ ५ गतेभित्र भर्ना हुन समयावधि तोकेको छ ।