२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाबाट छात्रवृत्ति पाएका विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा अध्ययन गर्न छात्रवृत्ति पाएका विद्यार्थीहरूले कुनै पनि शुल्क बुझाउनु नपर्ने भएको छ ।

महानगरले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूलाई शिक्षण संस्थामा कुनै पनि प्रकारको शुल्क नबुझाउन अनुरोध गरेको हो ।

महानगरले कक्षा ११ र १२ मा सिफारिस गरेको विद्यार्थीहरूले भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याबरपुस्तकालय शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था गरेको प्रष्ट पारेको छ ।

छनौटमा परेका विद्यार्थीहरूसँग शिक्षण संस्थाले विभिन्न बहानामा शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै प्रकारको शुल्क नतिर्न भनेको हो ।

कुनै शिक्षण संस्थाले छात्रवृत्तिमा अध्ययनको लागि आउने विद्यार्थीबाट त्यस्ता कुनै शुल्क मागेमा महानगरको नि:शुल्क टेलिफोन नम्बर १६६००१०५५११ समर्पक गर्न अनुरोध गरेको छ ।

महानगरले २०८० साउन २० गते छात्रवृत्ति परीक्षा सञ्चालन गरेको थियो । जसअन्तर्गत महानगरले पहिलो भर्ना सूची सार्वजनिक गरेको छ । उनीहरूलाई भदौ ५ गतेभित्र भर्ना हुन समयावधि तोकेको छ ।