६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ: प्रधानमन्त्री दाहाल

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ: प्रधानमन्त्री दाहाल
अ+ अ-

दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि नेकपा (माओवादी केन्द्र) ले लिने बताउनुभएको छ ।

माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आज आयोजना गरेको २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन थालेको माओवादीले नै भ्रष्टाचारको अन्त्य गर्ने बताउनुभयो ।

स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादीले नै जनताको जीवनमा परिर्वतन ल्याउने उहाँको भनाइ थियो । उहाँले जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने बताउनुभयो

“अहिले देशमा धेरै वेथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिवर्तनका आन्दोलमा सहभागी भएका बलिदानीको कीर्तिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

निर्वाचनका बेला ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ’ भनेको स्मरण गर्दै उहाँले यसअघि जनताको अवस्था कसरी बदल्ने भन्नेमा अन्योल भए पनि माओवादीले अब भने बाटो पहिल्याएको बताउनुभयो ।

“हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुशतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सक्यौँ, तर जनताले चाहेअनुसारको परिवर्तन हुन सकेको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताको जीवनमा परिर्वतन ल्याउन अझ सङ्घर्ष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौँ ।”

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रूपान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो “हामी फेरिन चाहन्छौँ, समाजवादको नयाँ आन्दोलनको रूपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ ।”

जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफूले आन्दोलनका घाइते, अपाङ्ग शहीद र बेपत्तालाई सदैव सम्मान गर्दै आएको उहाँको भनाइ थियो । “प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिवर्तनका विभिन्न आन्दोलनमा शहीद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहीद घोषणा गरिएको छ”, उहाँले भन्नुभयो ।

जनयुद्धलाई अमर बनाउने उद्देश्यले फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले बताउनुभयो । शहीद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहीद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताउनुभयो । उहाँले सरकारको अहिले ध्यान ‘गेम चेन्जर’ आयोजनामा गएको उल्लेख गर्दै भन्नुभयो, “सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठूला आयोजनालाई देशको विकासलाई नयाँ युगतर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रूपमा परिवर्तन गर्छौं ।” रासस