२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडी क्षेत्रमा रहेका विमानस्थलमा हुने उडान सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाइने



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एन्ड ल्यान्डिङ (स्टल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ ।

स्टल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालनपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार स्टल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सिएआर (२) भएका भीएमसी (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को सुनिश्चितता पश्चात पीआईसी सम्पूर्णरुपमा सन्तुष्ट हुनु पर्नेछ ।

त्यस्तै नेपालगञ्ज विमानस्थलबाट स्टल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्य फ्लाइट अपरेसन अफिसर (एफओओ) को व्यवस्था गर्नुपर्ने र फ्लाइट अपरेसन सम्बन्धी सम्पूर्ण कार्य एफओओमार्फत गर्नु पर्नेछ ।

प्राधिकरणले पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टल विमानस्थलहको सञ्चालन समय पुनरावलोकन गर्ने तथा आकाश मार्गमा हुँदा मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति गठन गरेको छ ।