६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पहाडी क्षेत्रमा रहेका विमानस्थलमा हुने उडान सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाइने

पहाडी क्षेत्रमा रहेका विमानस्थलमा हुने उडान सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाइने
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एन्ड ल्यान्डिङ (स्टल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ ।

स्टल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालनपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार स्टल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सिएआर (२) भएका भीएमसी (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को सुनिश्चितता पश्चात पीआईसी सम्पूर्णरुपमा सन्तुष्ट हुनु पर्नेछ ।

त्यस्तै नेपालगञ्ज विमानस्थलबाट स्टल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्य फ्लाइट अपरेसन अफिसर (एफओओ) को व्यवस्था गर्नुपर्ने र फ्लाइट अपरेसन सम्बन्धी सम्पूर्ण कार्य एफओओमार्फत गर्नु पर्नेछ ।

प्राधिकरणले पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टल विमानस्थलहको सञ्चालन समय पुनरावलोकन गर्ने तथा आकाश मार्गमा हुँदा मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति गठन गरेको छ ।