५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको संलग्नता बिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैन: सांसद केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताउनु भयो ।

उहाँले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्वीन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताउनु भयो । उहाँले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षले संसद अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ ? संसदलाई जहिले पनि बन्धक राख्नेकुरा प्रतिपक्षको निरन्तर स्वभावकै रुपमा परिणत भएको छ । पहिला ५९ दिन संसद बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दैछ । हामी पनि प्रतिपक्षमा बसेको हो, हामीले कति दिन संसद चल्न दियौँ । त्यसकरणले संसद बन्दको विकल्पमा अरु बाटो खोल्नुपर्छ । उहाँहरुले उठाउनुभएको इएस्युजहरुमा कतिपयमा हाम्रो पनि सहमत छ ।’

‘जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ । एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्वीन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।’

नेता केसीले संसद बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताउनु भयो ।