२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमा तीन मन्त्री थपिए



अ+ अ-

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री थप गर्नुभएको छ ।

नियुक्त हुने मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहनुभएको छ ।

शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ भने पूर्वाधार विकास मन्त्रालय फुटाई जलस्रोत मन्त्रालयमा सीता नेपालीलाई नियुक्त गरिएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिनुभएको बताइएको छ । 

दुवै मन्त्रीको राजीनामा स्वीकृत भइसकेको बताइएको छ ।