२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले नेतृत्व चयन नगरेको भन्दै लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे असन्तुष्टि जनाउँदै बहिष्कार गरेको एमालेका सांसद योगेश भट्टराईले बताए ।

यस्तै, लेखा समितिका सदस्य तथा एमालेका अर्का सांसद गोकुल बास्कोटाले सत्तापक्षमै भागबन्डा नमिलेर आठ महिनासम्म नेतृत्व चयन नगरेको आरोप लगाए । उनले एमालेले भाग नमागेको भन्दै सत्तापक्षमै मिलाएर नेतृत्व टुंग्याउन सुझाव दिए । ‘ विपक्षीलाई कुनै समितिको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ । तर, समितिहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोचको चरम नमुना हो’, उनले भने ।

बैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म नेतृत्व पाउन सकेको छैन ।

एमालेले बहिष्कार गरेसँगै कोरम नपुगेर आजको लेखा समितिको बैठक स्थगित गरिएको छ ।




भर्खरै