२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनी ट्र्यापमा पारी पैसा असुल्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले हनी ट्र्यापमा पारी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।

योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर पिडितलाई दवाबमुलक ढंगले मोलमोलाई गरी पैसा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएका विशेष टोलिले घटनाका योजनाकार राजु खत्रीसहित दुई जनालाई प्रकाउ गरेको हो ।

उनीहरुले केटीहरुको समूहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठ्ठा मुद्दा लगाई फसाई दिने भन्दै पिडितलाई दवाबमुलक ढंगले मोलमलाई गरेको पाईएको छ । उनीहरुले पिडितबाट ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाई रकम असुल गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।