३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने एमालेको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।

एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।

यस्तै कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ । रासस