२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा



अ+ अ-

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । पेसी सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा परेको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।

लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ । सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश दिएपनी जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता नदेखाएपछि विभिन्न बहानामा पेसि सर्दै आएको छ । अदालतले बिहिबारलाई अन्तिम सुनुवाइको मिति भनेको छ । आज मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ ।

नेपाली क्रिकेट टीमले अगष्ट ३० ९भदौ १३ गते० बाट सुरु हुने एसिया कप क्रिकेट खेल्दैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले यसअघि नै स्पिनर सन्दीपसहित एसिया कप खेल्ने १७ सदस्यीय टोलीको नामको घोषणा गरिसकेको छ ।

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउन, एक दिवसीय मान्यता कायम राख्न तथा एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा स्थान बनाएको थियो । उनले हालै क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।