२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले सफलता केवल ग्रेडद्वारा परिभाषित नहुने बताउनु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा उतीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिदै उहाँले यस्तो बताउनु भएको हो ।

विद्यार्थीलाई बधाई दिदै उहाँले भन्नुभएको छ बरु तपाईंले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-

लामो समयको समर्पण, कडा मेहनत र लगनशीलताको परिणामस्वरूप आज तपाईँहरूले आफ्नो शैक्षिक यात्राको कोशेढुङ्गा पार गर्नुभएको छ । तपाईँहरूको यस सफलतामा म अत्यन्त हर्षित छु ।

अब तपाईँहरू आफ्नो जीवनको अर्को अध्यायमा प्रवेश गर्दै हुनुहुन्छ । चाहे त्यो उच्च शिक्षाको खोजी होस्, व्यावसायिक मार्गहरूको खोजी होस् वा आफ्ना रूचिका विविध क्षेत्रलाई अँगाल्नुहोस्, तपाईंले आज पर्यन्त प्राप्त गर्नुभएको ज्ञान र अनुभवहरू अवश्य नै उपयोगी हुनेछन् । जीवनमा तपाईँले सामना गर्ने प्रत्येक चुनौतीहरू नै तपाईँका लागि सिक्ने, आफूलाई सुदृढ बनाउने र अगाडि बढ्ने अवसरका रूपमा परिणत हुनेछन् । सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन, बरु तपाईंले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ ।

आउॅदो दिनको तपाईॅको सफलताले तपाईॅको परिवार , समाज र राष्ट्रलाई नै योगदान पुग्नेछ । पुन सम्पूर्ण विध्यार्थी भाई बहिनिहरुमा बधाई र शुभकामना ।