५ पुष २०८२, शनिबार
,
Latest
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले सफलता केवल ग्रेडद्वारा परिभाषित नहुने बताउनु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा उतीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिदै उहाँले यस्तो बताउनु भएको हो ।

विद्यार्थीलाई बधाई दिदै उहाँले भन्नुभएको छ बरु तपाईंले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-

लामो समयको समर्पण, कडा मेहनत र लगनशीलताको परिणामस्वरूप आज तपाईँहरूले आफ्नो शैक्षिक यात्राको कोशेढुङ्गा पार गर्नुभएको छ । तपाईँहरूको यस सफलतामा म अत्यन्त हर्षित छु ।

अब तपाईँहरू आफ्नो जीवनको अर्को अध्यायमा प्रवेश गर्दै हुनुहुन्छ । चाहे त्यो उच्च शिक्षाको खोजी होस्, व्यावसायिक मार्गहरूको खोजी होस् वा आफ्ना रूचिका विविध क्षेत्रलाई अँगाल्नुहोस्, तपाईंले आज पर्यन्त प्राप्त गर्नुभएको ज्ञान र अनुभवहरू अवश्य नै उपयोगी हुनेछन् । जीवनमा तपाईँले सामना गर्ने प्रत्येक चुनौतीहरू नै तपाईँका लागि सिक्ने, आफूलाई सुदृढ बनाउने र अगाडि बढ्ने अवसरका रूपमा परिणत हुनेछन् । सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन, बरु तपाईंले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ ।

आउॅदो दिनको तपाईॅको सफलताले तपाईॅको परिवार , समाज र राष्ट्रलाई नै योगदान पुग्नेछ । पुन सम्पूर्ण विध्यार्थी भाई बहिनिहरुमा बधाई र शुभकामना ।