२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: कोशी, गण्डकी र बागमतीमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको छ । जसको प्रभावले हाल देशमा आंशिकदेखि सामान्य बदली भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केहि स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू–भागको केहि स्थान तथा बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति कोशी, मधेस र गण्डकी प्रदेशको केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने बाँकि प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।