८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: कोशी, गण्डकी र बागमतीमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको छ । जसको प्रभावले हाल देशमा आंशिकदेखि सामान्य बदली भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केहि स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भू–भागको केहि स्थान तथा बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति कोशी, मधेस र गण्डकी प्रदेशको केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने बाँकि प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।