३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ: उपाध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताउनुभएको हो ।

उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहने बताउनु भयो । दगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको बताउनु भयो । उहाँले दिगो विकासका लक्ष्य प्राप्तीका लागि संस्थागत रुपमा संयन्त्र बनाएको पनि बताउनु भयो । उहाँले सरकारले उत्पादन, रोजगार, कृषी र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

डा.श्रेष्ठले भन्नुभयो, ‘दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागिरहेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहन्छ । नेपालले स्रोतको अधिकतम परिचालन गरिरहेको छ । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको छ । संघ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम र नीतिमा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिक रुपमा समावेश गरिएको छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्रपनि बनाएका छौँ ।

प्रधानमन्त्रीको नेतृत्वमा स्टेयरीङ कमिटी छ । मेरो नेतृत्वमा समन्वय र कार्यान्वयन कमिटी बनेको छ र संसदमा पनि दिगो विकास समिति छ । विश्वव्यापी रुपमा २०३० प्राप्त एजेण्डाहरु गम्भिर रुपमा सामना गरिरहेका छौँ । आर्थिक क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकेका छैनौं । हाम्रो ध्यान उत्पादन र उत्पादकत्वमा छ । चालु १५ औं योजनाले गुणस्तरीय शिक्षा, मजबुत स्वास्थ्य सेवा प्रणाली, भौतिक संरचना, सामाजिक सशक्तीकरण, समावेशीकरण, सामाजिक सुरक्षालाई जोड दिएको छ । र, हामी १६ औं योजना बनाउँदैछौ । संरचनात्मक रुपान्तरणलाई ध्यान दिनेछौं । ’

उहाँले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको बताउनुभयो ।