२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गर्‍यो



अ+ अ-

एजेन्सी । इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको लागि ५ वर्षको सम्झौता गरेको हो ।

दुई देशको सम्बन्ध र विकास प्रवद्र्धन एवं खाद्य सुरक्षा प्रवद्र्धनमा सम्झौताले सहयोग पुग्ने बताइएको छ । इजिप्टमा पाँच महिनाको खपतका लागि पर्याप्त गहुँको भण्डार रहेको र खाद्य सुरक्षा कायम गर्न राज्यको प्रयास र स्थानीय बजारको आवश्यकतालाई यसले पूरा गर्ने विश्वास छ । हस्ताक्षर समारोहमा इजिप्टका अर्थमन्त्री मोहम्मद माइतले इजिप्टले सामाजिक र आर्थिक विकास गर्न, नागरिकको जनजीविका सहज बनाउन, जनताको जीवनस्तरमा सुधार गर्नका साथै मुद्रास्फितिको प्रभावलाई कम गर्न एडीएफडीसँग थप सहयोगको हात अघि बढाएको बताउनु भयो ।

विश्वकै ठूलो गहुँ आयातकर्ता इजिप्ट रुस—युक्रेन युद्धका कारण आपूर्ति बन्द हुँदा र मूल्यवृद्धिका कारण चिन्तित छ । इजिप्टमा वार्षिक गहुँको खपत १ करोड ८० लाख टन छ भने त्यसको दुई तिहाई आयात गर्दछ ।