५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहुँ आयातमा इजिप्टले ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गर्‍यो



अ+ अ-

एजेन्सी । इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको लागि ५ वर्षको सम्झौता गरेको हो ।

दुई देशको सम्बन्ध र विकास प्रवद्र्धन एवं खाद्य सुरक्षा प्रवद्र्धनमा सम्झौताले सहयोग पुग्ने बताइएको छ । इजिप्टमा पाँच महिनाको खपतका लागि पर्याप्त गहुँको भण्डार रहेको र खाद्य सुरक्षा कायम गर्न राज्यको प्रयास र स्थानीय बजारको आवश्यकतालाई यसले पूरा गर्ने विश्वास छ । हस्ताक्षर समारोहमा इजिप्टका अर्थमन्त्री मोहम्मद माइतले इजिप्टले सामाजिक र आर्थिक विकास गर्न, नागरिकको जनजीविका सहज बनाउन, जनताको जीवनस्तरमा सुधार गर्नका साथै मुद्रास्फितिको प्रभावलाई कम गर्न एडीएफडीसँग थप सहयोगको हात अघि बढाएको बताउनु भयो ।

विश्वकै ठूलो गहुँ आयातकर्ता इजिप्ट रुस—युक्रेन युद्धका कारण आपूर्ति बन्द हुँदा र मूल्यवृद्धिका कारण चिन्तित छ । इजिप्टमा वार्षिक गहुँको खपत १ करोड ८० लाख टन छ भने त्यसको दुई तिहाई आयात गर्दछ ।