५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुपर्छ: मन्त्री भण्डारी



file photo
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताउनुभएको छ ।

बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदाहरुलाई पनि बढाएर लगिने बताउनुभएको हो ।

उहाँले नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जन र बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नितिगत व्यवस्थाहरुमा सरकार काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड लगायतका कामहरु अहिले भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राज्यले सामाजिक सुरक्षा योजनाहरु सञ्चालन गर्नुको पछाडी केही आधारभुत मान्यताहरु हुन्छन् । खासगरी गरिबी निवारणमा टेवा, श्रम बजारमा श्रम शक्तिको आकर्षण, नेपालको श्रम बजारमा सामाजिक सुरक्षाको अभावको कारणले गर्दा अत्यन्त न्युन ज्यालामा काम गर्ने नेपाली श्रमशक्ति विश्व बजारमा जान बाध्य भइराखेको छ । नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको छ । यि विषयहरुलाई समेत सम्बोधन गर्नेगरी सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुको विकल्प छैन । निश्चय पनि मन्त्रालयले यि विषयहरुलाई अगाडी बढाउने छ । र सामाजिक सुरक्षाको दायरालाई मात्र होइन सामाजिक सुरक्षाबाट पाइने बेनिफिट्स्हरु अथवा वेलफेयरहरुलाई पनि त्यही हिसाबले अगाडी बढाएर लिएर जानेछ भन्नेकुरा म यहाँ व्यक्त गर्न चाहन्छु ।

आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थाहरुमा हामी काम गरिरहेका छौँ । यसमा न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड, अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि आवश्यक पर्ने श्रम सम्बन्धि अन्तर्राष्ट्रिय अभिसन्धिहरुको अनुमोदनका पहलहरु केही उदाहरण हुन् ।

यसै सिलसिलामा सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार, सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना र कोषको प्रभावकारी उपयोगको दिशामा महत्वपूर्ण कार्यहरु भइरहेका छन् । यसबाट सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताहरु बढ्ने र नयाँ–नयाँ योजनाहरुको तयारीको लागि सहज वातावरण निर्माण र मुलुकको आन्तरिक श्रम बजार बढी विश्वसनीय हुनेछ भन्ने मेरो विश्वास छ ।’

मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना भइरहेका बताउनुभयो । उहाँले आगामी दिनमा कोषमा आवद्ध हुने योगदानकर्ताहरु बढ्ने पनि बताउनु भयो ।