२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश बिजुली निर्यात सुुरु हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले नेपालबाट बंगलादेश विजुली निर्यात सुरु हुने ऐतिहासिक कोशेढुंगा भएको बताउनुभएको छ । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताउनुभएको छ ।

परराष्ट्रमन्त्री राणाले लेख्नुभएको छ– ‘आजदेखि नेपालबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरूआत भएकोमा खुसी लागेको छ । नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत निर्यात गरिएको यो नै पहिलो पटक हो । यसलाई क्षेत्रीय विद्युत् व्यापारको एक ऐतिहासिक कोशेढुंगा मान्न सकिन्छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबारबाट विद्युत् निर्यातको कार्य सुरू भएको हो ।’

गत अगस्टमा आफ्नो भारत भ्रमणका क्रममा भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरी नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिदको पूर्वसम्झौताको औपचारिक सुरूआतको घोषणा गरेको पनि परराष्ट्रमन्त्री राणाले बताउनुभएको छ ।

मन्त्री राणाले बंगलादेशलाई बिजुली निर्यातका लागि सहजीकरण गरेकोमा भारतलाई धन्यवादसमेत दिनुभएको छ । उहाँले लेख्नुभएको छ– ’बंगलादेशमा विद्युत् निर्यातका लागि सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयात गर्ने बंगलादेश सरकारलाई विशेष धन्यवाद छ। नेपालको विद्युत् उत्पादन र बजारको सम्भावनाको थप विस्तारका लागि हाम्रा कूटनीतिक प्रयास र पहलहरू जारी नै रहेकाले आगामी दिनमा पनि यसैगरी सबैको सहयोग एवं समन्वयको अपेक्षा गर्दछौँ ।’

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात हिजो दिउँसो साढे १२ बजेबाट सुरु भएको हो ।