२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरूलाई कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमश: सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’

उहाँले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै, उहाँले कोषको संयन्त्र समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणको लागि महत्त्वपूर्ण संयन्त्र भएको बताउनुभयो ।

‘श्रमिकको पेशा र श्रमको सम्मान स्थापित गर्ने यो सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्कोतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधारहरू लुकेको हुन्छन्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘अनौपचारिक क्षेत्र खास गरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले ‘ब्रेक थ्रु गर्ने मैले विश्वास लिएको छु।’




भर्खरै